यस्तो छ कान्छीको ट्रेलर (भिडियो सहित)

फागुन ४ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र कान्छीको निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको आयोजना गरी पोस्टर र ट्रेलर सार्वजनीक गरेको छ । कान्छीको ट्रेलर कस्तो आउँछ भनेर प्रतिक्षामा रहेका दर्शकहरुको प्रतिक्षा निर्माण पक्षले हिंजो देखी अन्त्य गरीदिएको छ । विगतमा २ ओटा गित सार्वजनीक गरेर चर्चामा आएको कान्छी ट्रेलर रिलिज पछि थप चर्चामा पुगेको छ ।
आकास अधिकारीको निर्देशन रहेको यस चलचित्रमा श्वेता खड्का,दयाहाङ्ग राई,अनु शाह,आशान्त शर्मा,निर शाह,कामेश्वर चौरसीया,भुमिका श्रेष्ठ लगायत कलाकारले अभिनय गरेका छन्, भने चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन,अर्जुन पोख्रेल,सम्भुजीत बाँसकोटा,राजनराज सिवाकोटीको संगित रहेको छ भने कान्छीलाई श्वेता खड्का,शैलेश खड्का र रविन खड्काले निर्माण गरेका हुन् ।


Powered by Blogger.