नेपालबाट करोड रुपैंयाँ लग्यो हलिउड फिल्म जुमान्जीले !

डाउने जोन्सन स्टारर एक्सन, एड्भेन्चर र कमेडी ड्रामा फिल्म जुमान्जी ः वेलकम टु द जंगल अहिले नेपालका सिनेमा हलमा चौंथो हप्तामा प्रर्दशन भैरहेको छ । यो फिल्मले नेपालबाट करोड भन्दा धेरै रकम हलिउड लैजाने पक्का पक्की भएको छ ।

नेपालका सिमित मल्टीप्लेक्स सिनेमा हलमा मात्रै प्रर्दशन भएको यस फिल्मको आईतबार काठमाडौंमा विशेष प्रदर्शन गरियो । उक्त प्रर्दशनीमा मिडियाकर्मी र माइती नेपालका बालबालिकाले फिल्म हेरेका थिए । समिक्षकहरुले निकै रुचाएको यो फिल्मलाई जेक कस्डनले निर्देशन गरेका हुन् ।
फिल्म बितरण कम्पनीका अनुसार पछिल्लो समय नेपालमा हलिउड फिल्मको प्रभाव पनि बढ्न थालेको छ । यस कम्पनीले करोड ग्रस गर्ने हलिउड फिल्महरुको विषेश प्रर्दशनी समेत गर्ने गरेको छ ।

Powered by Blogger.