२०७५ जेष्ठ ४ मा आउने भयो हैरान !

विश्वकै कान्छा चलचित्र निर्देशकको रुपमा गिनिज बुक अफ वल्र्डमा नाम दर्ता गराउन सफल निर्देशक सौगात बिष्टको निर्देशनमा बनेको चलचित्र हैरानले प्रर्दशन मिति तय गरेको छ । यस चलचित्र निर्माण पक्षका अनुसार अब यो चलचित्र २०७५ सालको जेठ ४ गतेबाट नेपालका सम्पुर्ण चलचित्र भवनहरुमा एक साथ प्रर्दशन हुने छ । सत्यराज आचार्य,सरोज खनाल,गजित विष्ट,बुद्धि तामाङ्ग,आरोही शर्मा,निस्मा घिमिरे,मोहमद वसिम राजा,पुस्कर रेग्मी,सागर लम्साल, एन्जल राई लगायत कलाकारले मुख्य भुमिकामा अभिनय गरेको यस चलचित्रलाई डान्स फेभरको ब्यानरमा सम्झना पोख्रेल,श्रृटी घिमिरे,मुक्ति घले,डक्टर वाई.एल लामाले निर्माण गरेका हुन् ।
चलचित्रमा सत्य स्वरुप आचार्य,किरणम कंडेल,सन्तोष श्रेष्ठ,राजन ईसानको संगित,चन्द्र पन्तको द्धन्द,गम्भिर विष्टको कोरीयोग्राफी,प्रितम पाण्डेको सम्पादन,नवराज उप्रेती र निरज कडेंलको छायांकन रहेको छ ।

Powered by Blogger.