बिचित्रको अर्वाड गर्दै गिनिज बुकमा नाम ! अब घुम्दैछन् बिश्व !

नेपाली चलचित्र क्षेत्रमा पत्रकार आर.के सुबेदीले आफ्नो छुट्टै परिचय बनाएका छन् । उनलाई चलचित्र क्षेत्रले वान मेन आर्मी भनेर चिन्ने गर्दछ । अर्थात आर.के ले जे गर्छन एकैले ले गर्ने गर्दछन् । उनको पछाडी धेरै सहयोगीहरु भए तापनि अगाडी देखीदा उनि एक्लै देखीन्छन् । कुनै पनि काम सुरु गरिसके पछि फत्य गरि छाड्ने उनको विषेशता नै हो भन्दा फरक नपर्ला । चलचित्रको अर्वाड कार्यक्रम उनले जति फरक फरक किसिमले गर्न सायद कसैले पनि सक्दैन होला । कहिले पानी मुनी,कहिले आकासमा त कहिले सगरमाथा बेस क्याम्पमा । यसरीनै अर्वाड कार्यक्रमहरु गरेर उनले आफ्नो नाम गिनिज बुक आफ वल्र्डमा लेखाई सकेका छन् । उनै सुबेदी अहिले पृथ्वी परिक्रमा अर्वाड गर्न ब्यस्त छन् । केही महिना पहिले दुबईबाट सुरु भएको उनको पृथ्वी परिक्रमा अर्वाड बेलायत सम्म पुगेको समाचार प्राप्त भएको छ । सुबेदीले बक्स अफिस ग्रुपको तर्फबाट हालै मात्र बेलायतमा विशिष्ट नागरीक सम्मान गरेर अहिले नेपाल फर्कीएका छन् । नेप्लीउडलाई बताए अनुसार उनको यो विशिष्ट नागरीक सम्मान विदेशमा बसेर निस्वार्थ भावनाले नेपाल र नेपालीलाई सहयोग गर्नेहरुलाई मात्रै दिईने छ ।


Powered by Blogger.