१५० जनाले सुटिङ्ग गरिरहेको ठाउँमा आगो लागेपछि !

भारतीय टेलिभिजन कार्यक्रम बेपनाह को सुटिङ्ग भैरहेको ठाँउमा एक्कासी आगो लागेपछि १५० जना प्राविधिक तथा कलाकारहरुको भागाभाग भएको समाचार प्राप्त भएको छ । मुम्बईको कान्जुर मार्ग स्थित सिने बिस्टा स्टुडीयोमा बनेको यो सेटमा हिंजो अबेर राती सम्म सुटीङ्ग भैरहेको थियो । भारतीय संचार माध्यमहरुले उल्लेख गरे अनुसार चलिरहेको जेनेरेटमा तार सर्ट भएपछि आगो लागेको थियो । यो स्टुडीयोमा टेली सिरियल हासीलको पनि सेट थियो र उक्त आगोले यसको सेट पनि जलेर खरानी भएको बताईएको छ । उक्त आगोले कुनै पनि मानवीय क्षती भने भएको छैन् । आगो निभाउन ८ ओटा दमकल र ६ ट्यांकर पानी प्रयोग भएको थियो । 
Powered by Blogger.