यि हुन बिगबोसमा गति छाडेर चर्चा कमाउने सेलीव्रेटीहरु !

चर्चीत टेलिभिजन कार्यक्रम बिगबोसको ११ औं संकरण शिल्पा शिंदेलाई बिजेता बनाएर समाप्त भैसकेको छ । यो कार्यक्रमले कति सेलिव्रेटीको सम्बन्ध तोडेको छ भने कतिको सम्बन्ध जोडेको पनि छ । यो कार्यक्रममा भाग लिनको लागी तंछाड मछाड गर्नेहरुको जमात पनि सानो छैन् । त्यस्तै यस कार्यक्रममा आएर चर्चाको लागी गति र मति गुमाउनेहरु पनि प्रसस्तै छन् । आज हामी प्रशंग जोड्दै छौं यस कार्यक्रममा भाग लिएर चर्चाको लागी गति छाड्ने केही सेलिब्रेटीहरुको विषयमा ।

बिगबोसको नवौं संस्करणमा सबै भन्दा बिवादीत बनेकी थिईन्, ईरानी अभिनेत्री मंदानी करिमी । करिमी उक्त संस्करणमा यस्ती एक्ली सदस्य थिईन जो सँगै सबैको केही न केही विषयमा झगडा परि रहन्थ्यो । २००५ मा अभिनय यात्रा प्रारम्भ गरेकी बलिउड अभिनेत्री सना खानले पनि फिल्म ईन्डस्ट्रीबाट चर्चा कमाउन नसकेपछि बिगबोसको घरमा गएर गति छाडेर चर्चा कमाएकी थिईन् । त्यस्तै २०१३ मा प्रर्दशन भएको भारतीय चलचित्र मिक्की भाईरसबाट बलिउडमा अभिनय यात्रा प्रारम्भ गरेकी स्विडियन अभिनेत्री यलि एवरमवले पनि चर्चाको लागी बिगबोसको घरलाई नै हतीयार बनाएकी थिईन् । उनि बोल्ड छविको कारणले चर्चामा रहेकी थिईन् । बिगबोसको १० औं संस्करणमा धमाल मच्चाउने मोडल हुन्, मोनालिसा । यस संस्करणमा स्वामी ओम संगको बिवादले गर्दा मोनालिसाले पनि निकै चर्चा पाएकी थिईन् ।

बहु चर्चीत फिल्म बाहुबलीको एउटा गितमा जोडदार नृत्य गरेकी क्यानडीयन मोडल नोरा फतेहीलाई पनि बिगबोसको ९ औं संस्करणले निकै चर्चा दिलायो । भारतीय संचार माध्यमहरुका अनुसार बिगबोसको चर्चाले गर्दा यि मोडललाई पनि अफरको कमि भएन ।
आफ्नो बोल्ड छविको कारणले गर्दा निकै चर्चामा रहेकी अर्की मोडल हुन्, पायल रोहतगी । पायलले पनि चर्चाको लागी बिगबोसको घरमा आएर गति छाडेकी थिईन् । न्युड फोटो सेसन गरेर चर्चामा आएकी बलिउड मोडल शर्लिन चोपडालाई पनि बिगबोसले निकै चर्चा दिलाएको थियो । सामाजीक संजालमा सधै सक्रिय रहने शर्लिन बोल्ड छविको कारणले नै चर्चामा आएकी थिईन् । पोर्न ईन्डष्ट्रीबाट करियर प्रारम्भ गरेकी सन्नी लियोनीले पनि बिगबोसकै घरबाट बलिउड यात्रा प्रारम्भ गरेकी थिईन् । बिगबोसमा सहभागी हुन भारत आएकी सन्नी अहिले भारतलाई नै कर्म थलो बनाई रहेकी छिन् ।


Powered by Blogger.