चलचित्रकर्मीहरुलाई कल्याणकारी कोषको रकम हस्तान्तरण !

चलचित्र विकास बोर्डले लामो समय देखी अस्वस्थ रहेर उपचार गराईरहेका चार जना चलचित्रकर्मीहरुलाई  चलचित्रकर्मी कल्याणकारी कोष अन्र्तगत रहेको सहयोग रकम हस्तान्तरण गरेको छ । यसरी सहयोग रकम प्राप्त गर्नेहरुमा वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार हरि प्रसाद रिमाल, बरिष्ठ चलचित्र कलाकार जयनेन्द्र  चन्द ठाकुर, बरिष्ठ मेकअप मेन ईन्द्र लामा,बरिष्ठ चलचित्र लेखक तथा निर्माता मौनता श्रेष्ठ रहेका छन् । रिमाल र ठाकुरले पहिले देखी प्राप्त गर्दै आईरहेको तर चलचित्र बिकास बोर्ड अध्यक्ष बिहिन भएपछि रोकिएको ४ महिनाको मासिक भत्ता एक मुष्ठ प्राप्त गरेका छन् भने लामा र श्रेष्ठले उपचार खर्च प्राप्त गरेका छन् । सहयोग रकम हस्तान्तरणको लागी चलचित्र बिकास बोर्डका अध्यक्ष निकिता पौडेल, चलचित्रकर्मी कल्याणकारी कोषका संयोजक बसुन्धरा भुषाल र चलचित्र प्रविधिक संघका अध्यक्ष पुस्कर लामा गएका थिए ।


Powered by Blogger.