ए सोल्टीनी को झुम्ताना झुम्ताना रिलिज (भिडियो सहित)

केही दिन पहिले एक कार्यक्रमको आयोजना गरि पोस्टर र ट्रेलर रिलिज गरेको चलचित्र ए सोल्टीनीले शनिबार फेरी नयाँ गित रिलिज गरेको छ । सुनलाल वाईवाको शब्द र संगीतमा बनेको झुम्ताना झुम्ताना बोल रहेको यो गितमा शुभ तामाङ्ग र निर्मला घिसिङ्गले स्वर दिएका छन्, भने सविन श्रेष्ठ,ज्ञानबहादुर जिम्बाल र गंगा रानालाई गितको भिडियोमा नृत्य गराईएको छ । यो गितको भिडियोको कोरीयोग्राफी अभि लामा र छायांकन विस्वास भण्डारीको रहेको छ ।
चलचित्र ए सोल्टीनीलाई जिम्बा फिलिम्सको ब्यानरमा दिलकुमार घलानले निर्माण गरेका हुन् । चलचित्रमा सविन श्रेष्ठ,ज्ञानबहादुर जिम्बा,गंगा रानामगर,अनिता गोले,बिबि रानामगर,सम्झना श्रेष्ठ लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.