विषयवस्तु मन परेको खण्डमा पैसा हेर्दिन ः अदिति

चलचित्र ‘कृ’ बाट सिनेयात्रा आरम्भ गरेकी अभिनेत्री तथा मोडल अदिति बुढाथोकी आज राजधानीमा एक कार्यक्रको आयोजना गरीन् । संचारकर्मीहरु सँग घुलमिल हुनको लागी गरिएको उक्त कार्यक्रममा क्रृ युनीट भने थिएन् । बुढाथोकीले संचारकर्मीको प्रश्नको जवाफ दिने क्रममा चलचित्र क्रृ अत्यन्तै उत्कृष्ठ चलचित्र बनेको दाबी समेत गरिन । सँग सँगै उनले अभिनेता अनमोल केसीको प्रशंसा गर्न पनि भ्याएकी थिईन् । उनले आफुले चलचित्र क्रृ को विषय वस्तु मनपरेकाले यो चलचित्र खेलेको प्रश्ट पारीन भने अनमोलको स्टारडम देखेर नखेलेको पनि बताईन् । विषय वस्तु राम्रो भएको खण्डमा आगामी दिनमा आफुले पैसाको मुख नहेरीकीन काम गर्ने पनि बुढाथोकीको भनाई रहेको छ ।

Powered by Blogger.