बन्ने भयो (यो जोवन साँचेर राखेँ तिमिलाई )

चलचित्र (यो जोवन साँचेर राखेँ तिमिलाई) बन्ने भएको छ । हिंजो राजधानीको कमलादी गणेशस्थान मन्दिरमा शुभ मुर्हत गरेर निर्माण पक्षले यो चलचित्र निर्माण गर्ने औपचारीक घोषणा गरेको हो । काठमान्डौं र बन्दीपुरका बिभिन्न स्थानमा छायांकन गरीने यस चलचित्रलाई मिलन आले मगरले निर्देशन गर्दै छन् । रमेश शर्मा र देव लामा निर्माता रहने यस चलचित्रमा प्रेम लामा, सोनु गिरि,सुकृया श्रेष्ठ, नवराज अधिकारी लगायत कलाकारले अभिनय गर्दै छन् । निर्माण पक्षले बताए अनुसार यो चलचित्रको छायांकन ३० दिनमा सकिने छ ।

Powered by Blogger.