अब तामिल फिल्ममा धमाका मच्चाउँदै सन्नी लियोनी !

बलिउड अभिनेत्री सन्नी लियोनी अब बलिउडमा मात्रै नभएर तामिल फिल्ममा पनि धमाका मच्चाउने भएकी छिन् । यो कुराको खुलासा सन्नीले आफ्नो ट्वीटर मार्फत गरेकी हुन् । सन्नीले काम गर्न लागेको फिल्मको नाम वीरामादेवी रहेको छ भने यो चलचित्र तामिलको ऐतीहासीक चलचित्र रहेको बताईएको छ । सन्नीले ट्वीटर मार्फत सार्वजनीक गरेकको उक्त भिडियोमा उनि तामिल भाषामा बोलेकी छिन् । हिन्दी समेत बोल्न असलिजो मान्ने सन्नीले तामिल बोलेको देख्दा उनका धेरै फ्यानहरु अचम्ममा परेको भातरीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । सताब्दीऔं पहिलेकी महान योद्धा विरमादेवी को जिवनमा आधारीत यो फिल्मको लागी अहिले सन्नीले मुम्बैईमा मार्सल आर्ट,तरवारबाजी र घोड सवारी तालीम गरिरहेकी छिन् । करिब ५ भाषामा तयार गरिने यस फिल्मको छायांकन अर्को महिना देखी सुरु हुने बताईएको छ । यस फिल्मलाई वैदिबुदैयानले निर्देशन गर्दैछन् ।

Powered by Blogger.