अभिनेत्री राणाद्धारा फेसन ब्रान्ड नायला नेपालमा लन्च !

पछिल्लो समय अभिनेत्रीहरु फेसन ब्यावसायमा सक्रिय हुँदै गैरहेका छन् । बुटिक र ब्युटी पार्लर यिनिहरुको पहिलो रोजाईमा गर्दछन् । यसै क्रममा चपलिहाई २ की अभिनेत्री तथा मोडल परमिता राणाले राजधानीमा फेसन ब्रान्ड नायला नामक फेसन हाउस खोलेकी छिन् । गत शनिबार राजधानीमा एक कार्यक्रमका बिच राणाले उक्त नायला ब्रान्ड लन्च गरेकी हुन् ।
युरोपका धेरै देशहरुमा निकै पपुलर रहेको यस ब्रान्डलाई नेपाली शैलीमा ढालेर नेपाली उपभोक्ताहरु बिक्रि बितरण गर्ने राणाले बताएकी छिन् ।
हाल सर्ट, पाइन्ट र ज्याकेट मात्रै उत्पादन गरिरहेको यो ब्रान्डले निकट भविष्यमा लेदरका कपडाहरु पनि उत्पादन गरीने बताईएको छ ।

Powered by Blogger.