राज्जा रानीको प्रचार प्रसार सुरु !

पुष २१ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र राज्जा रानीले धमाधम प्रचार प्रसार सुरु गरेको छ । केकी अधिकारी र नाजिर हुसेनको मुख्य भुमिकामा अभिनय रहेको यस चलचित्रलाई नेपाली र क्षेत्रीय मैथीली भाषामा एक साथ प्रर्दशन गरीने भएको छ । आज सोमबार अभिनेत्री केकी अधिकारीको जन्म दिनको असर पारेर निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको आयोजना गरेर औपचारीक रुपमा प्रचार प्रसार सुरु गरेको बताएको छ । प्रचार प्रसारकै क्रममा कलाकार सँगै निर्माण पक्ष आजैबाट देश दौडाहमा पनि निस्कीएको छ । पूर्व बिराटनगरदेखि सुरु हुने देश दौडाह दस दिनपछि पोखरा हुँदै काठमान्डौंमा आएर टुंगिनेछ ।

यसै क्रममा आज मैथीली भाषाको गित र ट्रेलर पनि सार्वजनीक गरीएको छ । मैथीली भाषामा प्रर्दशनको लागी सामाजीक कार्यमा सक्रिय रहेको संस्था भोर नेपालले चलचित्र निर्माण पक्ष सँग सहकार्य गरेको छ । रमेश एम के पौडेलको निर्माण रहेको यस चलचित्रलाई यम थापाले निर्देशन गरेका छन् भने केकी र नाजीर सँगै चलचित्रमा कामेश्वर चौरासिया, दीपक क्षेत्री, संगीता नापित, सरिता राजोपाध्याय, अरुण रेग्मी लगायत कलाकारले पनि अभिनय गरेका छन् ।



Powered by Blogger.