आयो (राज्जा रानी) को ट्रेलर ! हेर्नुस भिडियो सहित !

आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र राज्जा रानीले ट्रेलर रिलिज गरेको छ । नेपालको तराई मधेसको कथाबस्तुमा निर्माण भएको यो चलचित्रलाई यम थापाले लेखन तथा निर्देशन गरेका छन् भने रमेश एम के पौडेल यसका निर्माता रहेका छन् । मातृभाषा मैथली र नेपाली राष्ट्रीय भाषामा एक साथ पुष २१ गतेबाट प्रर्दशन हुन लागेको राज्जा रानीमा केकी अधिकारी,नाजीर हुसेन,कामेश्वर चौरसीया,दिपक क्षेत्री लगायत कलाकारले मुख्य भुमीकामा अभिनय गरेका छन् । त्यसै गरी चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन,बिक्रम स्वारको कोरीयोग्राफी,दिपक शर्मा,ताराप्रकास लिम्बुको संगित र चन्दन दत्तको सम्पादन रहेको छ ।



Powered by Blogger.