भिडियोद्धारा चलचित्र (लभ डायरीज) निर्माण गर्ने घोषणा !

सौरभ चौधरीको निर्देशनमा चलचित्र (लभ डायरीज) बन्ने भएको छ । यस चलचित्रको लागी शुशील श्रेष्ठ,रुबिना थापा,विश्वजित रिमाल र बिष्णु सापकोटा मुख्य कलाकारको रुपमा रहने भएका छन् । बिगतको चलचित्र कारखाना मा अभिनय गरीसकेका अभिनेता शुशील श्रेष्ठलाई फरक अवतारमा प्रस्तुत गरीने कुरा निर्माण पक्षले जानकारी गराएको छ । प्राप्त समाचार अनुसार यो चलचित्रमा चलचित्र सम्पादक साहील खान एसोसीयट निर्देशकको रुपमा रहने छन् भने यो चलचित्रको सम्पादन पनि खानले नै गर्ने छन् । यस चलचित्रका निर्माता बिनोद सापकोटा हुन भने बिबि ढकाल सह निर्माता हुन् । निर्माण पक्षले भिडियोद्धारा चलचित्र निर्माण गर्ने घोषणा गरीएको लभ डायरीज मा संजय लामाको छायांकन,अर्जुन पोख्रेलको संगित र कविराज गहतराजको कोरीयोग्राफी रहने छ ।


Powered by Blogger.