बैशाख २८ मा आउने भयो लम्फु !

लामो समय लगाएर छायांकन सकिएको चलचित्र लम्फु ले प्रर्दशन मिति तय गरेको छ । निर्माण पक्षका अनुसार अब यो चलचित्र २०७५ सालको बैशाख २८ गतेबाट सार्वजनीक प्रर्दशन हुने छ । जिवनको प्रारम्भमा एक नेपाली युवाले भोग्ने भोगाईमा आधारीत यो चलचित्रलाई गोपाल चन्द्र लामीछानेले निर्देशन गरेका छन् । केही वर्ष पहिले तरकारीवालीको नामले परिचित भएकी युवती कुसुम श्रेष्ठले पनि यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेकी छिन् । कुसुमका अलावा सलोन बस्नेत,मरिस्का पोख्रेल, चाँदनी शर्मा,कुसाग्र भट्टराई लगायत कलाकारले अभिनय गरेका छन् । पपुलर मल्टी मिडियाको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता शक्ती बल्लब घोरासैनी हुन् ।
लम्फु लाई दिपक बज्राचार्यले खिचेका हुन भने हरि सिलवालको सम्पादन,पुनम गौतमको कस्टुम डिजाईन र अर्जुन पोख्रेलको संगित रहेको छ ।

Powered by Blogger.