(लाउरे) बैशाख २८ मा आउने !

चलचित्र लाउरेको प्रर्दशन मिति तय भएको छ । सृष्टि श्रेष्ठ, नरेन लिम्बु र र मिरुना मगर अभिनित यस चलचित्रलाई दुर्गिस फिलिम्सको ब्यानरमा सुनिल रावलले निर्माण गरेका हुन भने बिक्रम शिंह थारु यसका निर्देशक हुन् । निर्माण कम्पनीले बताए अनुसार अब यो चलचित्र २०७५ सालको बैशाख २८ गतेबाट सार्वजनीक प्रर्दशन हुने छ । पप संगितमा राम्रै स्थान बनाएका नरेन लिम्बुले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्दैछन् । पप संगितमा उनले जसरी दर्शक श्रोताको साथ पाए अब अभिनयमा पनि त्यो साथ पाउँछन् कि पाउँदैनन्, भन्ने कुरा सबैको लागी प्रतिक्षाको विषय बनेको छ । चलचित्र लाउरेमा सुनिल सँगै ईश्वर श्रेष्ठ,सुवास लामिछाने र भेषमणी श्रेष्ठको पनि लगानी रहेको छ, भने आलोक सुक्लाको छायांकन,नेगेटीभ बुद्धको लेखन रहेको छ ।


Powered by Blogger.