यस्तो छ (क्रृ )को यति यति पानी गंगा रानि (भिडियो सहित)

माघ २६ गतेलाई प्रर्दशन मिति तय गरेको चलचित्र क्रृ को गित रिलिज भएको छ । यति यति पानी गंगा रानी बोल रहेको यस गितमा अभिनेता अनमोल केसीले नृत्य गरेका छन्, भने यस गितमा अलमोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको छ । मिस्टर आरजे कै शब्द र संगित रहेको यस गितमा अनमोल केसीलाई नृत्य गराउने काम रेनेशा राई बान्तवाले गरेकी छिन्, भने पुरुषोत्तम प्रधानले छायांकन गरेका छन् ।
सुवास ईन्टरटेन्मेन्ट र द सुपर काजोल फिलिम्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुवास गिरि र भुवन केसीले लगानी गरेका छन् । क्रृ मा अनमोल केसी,अदिति बुढाथोकी र अनुप बिक्रम शाहीले अभिनय गरेका छन् ।


Powered by Blogger.