क्रृ को ट्रेलर रिलिज (हेर्नुस भिडियो सहित)

पछिल्लो समय निकै चर्चामा रहेको चलचित्र क्रृ को ट्रेलर रिलिज भएको छ । निर्माण पक्षले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर रिलिज गरेको छ । भुवन केसी पुत्र अनमोल केसी र अदिति बुढाथोकीले मुख्य भुमिकामा अभिनय गरेको यो चलचित्र संभवतः नेपालको अहिले सम्मको सबै भन्दा धेरै लगानी भएको चलचित्र हो । सुवास गिरि र भुवन केसीले संयुक्त रुपमा निर्माण गरेको यस चलचित्रको छायांकन नै करिब एक वर्ष लगाएर सकाईएको थियो । कार्यक्रममा निर्माता गिरिले बताए अनुसार अभिनेता अनमोल केसीको दुई किसिमको गेटअप भएकाले छायांकनको लागी लामो समय लागेको थियो ।
सुरेन्द्र पौडेलको निर्देशन गरेको यस चलचित्रमा अनमोल र अदितिका अलावा रुपा राना,कामेश्वर चौरासीया, सरोज खनाल लगायत कलाकारले पनि अभिनय गरेका छन् । क्रृ आगामी माघ २६ गतेबाट सार्वजनीक प्रर्दशन हुँदै छ ।


Powered by Blogger.