अन्यौलमा कान्छी, फागुन ४ बाट नहटे सचिव पदमा नबस्ने छवि ओझाको निर्णय !

चलचित्र कान्छी माघ २६ गतेबाट पछाडी सरेर फागुन ४ गते पुगेपछि निर्माता छवि ओझा तनावमा रहेको बुझिएको छ । स्वेता खड्काले निर्माण र आकास अधिकारीले निर्देशन गरेको यो चलचित्रले पहिले माघ ४ गतेलाई आधाकारीक रुपमा प्रर्दशन मिति तोकोको थियो । तर पछि अनमोल केसी अभिनित र सुवास गिरिद्धारा निर्मित चलचित्र त्रृm ले पनि माघ २६ गतेलाई नै प्रर्दशन मिति तोकेपछि कान्छी एक साता पछाडी गएको बताईएको छ । तर गत दशैंमा चलचित्र छक्का पञ्जा २ सँग जुध्न लागेको छवि ओझाले निर्माण गरेको चलचित्र मंगलम् लाई  नेपाल चलचित्र निर्माता संघको रोहवरमा दशैंबाट पछाडी सारेर फागुन ४ मै पु¥याईएको थियो । श्रोतका अनुसार उक्त समयको सहमतीमा मंगलम्लाई फागुन ४ मा एकल प्रर्दशन गराईने थियो । तर अहिले निर्माता संघका अध्यक्ष आकास अधिकारीले आफ्नै चलचित्र कान्छी मंगलम सँग जुधाउन ल्याएपछि निर्माता छवि ओझा निकै तनावमा रहेको बुझिएको छ । हाल अमेरीका भ्रमणमा रहेका ओझा निर्माता संघका सचिव पनि हुन । श्रोतका अनुसार यदि अध्यक्ष आकास अधिकारीले कान्छीलाई फागुन ४ गतेबाट अन्य मितिमा नलगेको खण्डमा सचिव ओझाले आफुले निर्माता संघको सचिव पदबाट समेत राजीनामा दिने बताएका छन् । ओझा निकट श्रोतका अनुसार जुन संघले बहालवाला सचिवलाई नै अन्याय गर्छ त्यस्तो संघमा बस्नुको कुनै औचित्य हुँदैन, अध्यक्ष आफैले सहमती गराउने अनि आफै उलंघन गर्ने ? यस्तो कुरा कदापी मान्य हुने छैन् । अध्यक्ष र सचिव बिचको यो लडाई कहाँ सम्म पुग्ने हो त्यो भने ओझा अमेरीकाबाट नेपाल फर्किए पछि मात्रै थाहा हुने छ ।

Powered by Blogger.