चैत्र ३० मा आउने भयो लिलिबिलि !

अहिले बेलायतमा धमाधम छायाँकन भैरहेको चलचित्र लिलिबिलि को प्रर्दशन मिति तय भएको छ । निर्माण पक्षका अनुसार अब यो चलचित्र यसै वर्षको अन्तिम दिन चैत्र ३० गतेबाट सार्वजनीक प्रर्दशन हुने छ । नेप्लीउडलाई प्राप्त समाचार अनुसार अहिले बेलायतमा यो चलचित्रको ५५ प्रतिशत छायांकन सकीएको छ । यस चलचित्रका निर्माता तथा बितरक गोबिन्द शाहीले बताए अनुसार आगामी क्रिसमसमा यो चलचित्रको पहिलो गित पनि सार्वजनीक गरीने छ ।
मिलन चाम्सको निर्देशनमा बनिरहेको यस चलचित्रमा प्रदिप खड्का,जसिता गुरुङ्ग,प्रियंका कार्की,अनुप विक्रम शाही लगायत कलाकारले मुख्य भुमिकामा अभिनय गरिरहेका छन्, भने लिलिबिलि लाई काफिया फिलिम्स,चाम्स ईन्टरटेन्मेन्ट र सुदिप खड्का प्रोडक्सनको ब्यानरमा गोविन्द शाही,मिलन चाम्स र सुदिप खड्काले निर्माण गरीरहेका छन् ।

Powered by Blogger.