सार्वजनीक भयो फिल्म लालपुर्जा का तस्विरहरु !

माघ ४ गतेलाई प्रर्दशन मिति तोकेको चलचित्र लालपुर्जाको केही तस्विरहरु सार्वजनीक भएका छन् । चलचित्र छड्के निर्देशन गरेर नेपाली रजतपटमा चर्चा कमाउन सफल भएका निर्देशक निगम श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा मुख्य भुमिकामा सौगात मल्लले अभिनय गरेका छन् भने उपन्यासकार कुमार नगरकोटीले पनि यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेका छन् । लालपुर्जामा मल्ल र नगरकोटी सँगै मिरुना मगर,बिपिन कार्की,हरिहर शर्मा,कामेश्र चौरासिया,मेनुका प्रधान लगायत कलाकारहरुले पनि अभिनय गरेका छन् । चलचित्र लालपुर्जालाई बिक्रम शिंह थारु र उमेश श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

Powered by Blogger.