राज्जा रानीको प्रचार प्रसारमा लालबाबु पण्डीत !

सामान्य प्रशासन मन्त्री बनेपछि एका एक चर्चामा अएका एमाले नेता लालबाबु पण्डीत अहिले चुनाव जितेपछि झनै चर्चामा छन् । लालबाबुलाई उनको पार्टीका कार्यक्रताले मात्र नभएर अन्य पार्टीका कार्यक्रताले पनि निकै रुचाएको पाईन्छ । तिनै लोकप्रिय नेता लालबाबु पण्डीत प्रर्दशनको संघारमा रहेको चलचित्र राज्जा रानीको प्रचार प्रसारमा जुटेको समाचार प्राप्त भएको छ । हिंजो देखी प्रचार प्रसारको लागी देश दौडाहमा निश्किएको राज्जा रानीको टिम सँग नेता पण्डीत पनि सरिक भएका छन् । यसै क्रममा चलचित्रको टिमले बिराटनगरमा पण्डीतलाई आफ्नो कार्यक्रमको प्रमुख अतिथि बनाएको थियो । कार्यक्रममा अभिनेत्री केकी अधिकारीले हजार रुपैंयाको नोटमा पण्डीतको अटोग्राफ पनि लिएकी छिन् ।
दाईजो प्रथाको बिषयमा निर्माण गरीएको यस चलचित्रको प्रचार प्रसारको क्रममा पण्डीतले अभिनेत्री केकी र अभिनेता नाजीर सँग कम्मर मर्काएर नाचेका पनि थिए ।
पुर्वको बिराटनगरबाट सुरु भएको राज्जा रानीको कार्यक्रम बुधबार जनकपुरमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा चलचित्रको टिम सँगै भोर कम्पनीका प्रतिनिधिहरुले पनि सहभागीता जनाएका छन्  । पुस २१ गतेबाट प्रर्दशन हुने यस चलचित्र सँग मिलेर भोर कम्पनीले तराई र पूर्वी मधेशका जिल्लामा दाइजो र बालविवाह विरुद्ध जागरण अभियान पनि चलाएको छ ।



Powered by Blogger.