विहिबारदेखि सुरु हुने किम्फमा ३७ देशका फिल्म देखाईने !

आगामी विहिबार अर्थात आउँदो २८ गतेदेखी सुरु हुने किम्फ फिल्म फेस्टीभल अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सवको पन्ध्रौं संस्करणमा ३७ देशका फिल्महरु देखाईने भएको छ । मंसीर २८ गतेबाट पुष ३ गते सम्म चल्ने यो फेस्टीभलको स्थान राजधानीको कुमारी हल रहेको छ । पत्रकार संम्मेलन गर्दै आयोजक हिमाल एसोसिएसनले उक्त कुराको जानकारी गराएको छ । यस महात्सवमा साहसिक खेलकुद, पर्वतारोहण, पर्वतीय समाज, संस्कृति, जीवनशैली, वातावरण विषय समेटिएका डकुमेन्ट्री, फिचर, लघु, एनिमेसन र प्रयोगवादी फिल्महरु देखाइने छ ।

किम्फको १५ औं संस्करणको लागी अन्तराष्ट्रिय प्रतिस्पर्धामा १५ र प्रतिस्पर्धाबाहिरबाट ४८ फिल्म समावेश भएका छन् ।

अन्तराष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः अमेरिकी डलर १५ हजार, १ हजार र ५ सय पुरस्कार दिइने भएको छ । नेपाल पानोरमा अन्तर्गत आख्यान र गैरआख्यान विधामा क्रमशः ७५ हजार र ५० हजार रुपैयाँ नगद राखिएको छ ।

Powered by Blogger.