सविनको हिरो रिर्टन बैशाख २८ बाट प्रर्दशन हुने !

चलचित्र हिरो रिर्टनको प्रर्दशन मिति तय भएको छ । अब यो चलचित्र बैसाख २८ गते प्रर्दशन हुने भएको छ । निर्माण भएको लामो समय सम्म प्रर्दशनको विषयमा अन्यौलमा रहेको यो चलचित्रले अहिले बल्ल प्रर्दशन मिति तय गरेको हो ।
अभिनेता सविन श्रेष्ठको प्रस्तुती रहेको यस चलचित्रको निर्मातामा भिम न्यौपाने,अमित श्रेष्ठ,धुब्र न्यौपाने रहेका छन् भने कार्यकारी निर्मातामा चन्द्र गौतम रहेका छन् । यस चलचित्रमा सविन सँगै रेखा थापा,दिल श्रेष्ठ,डिबि बम्जन,रोशन श्रेष्ठ,सुशान्त श्रेष्ठ,सुलेमान संकर,सरोज खनाल लगायत कलाकारले अभिनय गरेका छन् ।
चलचित्रको केही दृश्यहरु रि सुट गर्नु परेकाले प्रर्दशनमा ढिलाई भएको प्रस्तुतकर्ता सविन श्रेष्ठले बताएका छन् । यस चलचित्रलाई काठमान्डौं उपत्यकामा गोविन्द शाहीले वितरण गर्दैछन् ।
आशिस भेटवालले निर्देशन गरेको यो चलचित्रमा टंक बुढाथोकीको संगित,कविराज गहतराजको कोरीयोग्राफी,चन्द्र पन्तको द्धन्द र मित्र गुरुङ्गको सम्पादन रहेको छ ।

Powered by Blogger.