झमक बहादुर मा आम्मैले भन्थीन् धाराको पानी (भिडियो सहित )

२०७५ जेठ ११ गतेबाट सार्वजनीक प्रर्दशन हुन लागेको चलचित्र झमक बहादुर ले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी आफ्नो पहिलो गित सार्वजनीक गरेको छ । करिब २ दशक भन्दा पहिलेको निकै लोक प्रिय रहेको आम्मै ले भन्थीन् धाराको पनि बोल रहेको गितलाई रिमिक्स गरेर चलचित्र झमक बहादुरमा समावेश गरीएको छ । आज निर्माण पक्षले प्रचार प्रसारको पहिलो चरणमा यहि गित सार्वजनीक गरेको हो । हाँस्य र द्धन्दको समिश्रण रहेको बताईएको यो चलचित्रलाई मिन कुमार तामाङ्गले निर्माण गरेका हुन भने भोमन कटुवालको निर्देशन रहेको छ ।
कुसुम गजमेरको शब्द र रंजीत गजमेरको संगित रहेको यस गितलाई रिमिक्स गर्ने काम ओम सुनुवारले गरेका छन् भने कविता श्रेष्ठ र मिस्टर आरजेले स्वर दिएका छन् । चलचित्र झमक बहादुर मा अनुप विक्रम शाही,यादव देवकोटा,राजु कमेडी,सुजाता थापा,मिन कुमार तामाङ्ग लगायत कलाकारले अभिनय गरेका छन् ।
यस चलचित्रमा राजु किंरातीको द्धन्द,कल्याण अधिकारीको कथा,रोजन भुजेलको संवाद,राजन,सुर्य र सलिनाको कोरीयोग्राफी,अनिल कुमार मर्हजनको सम्पादन र पवन गौतमको छायांकन रहेको छ ।


Powered by Blogger.