कट्रिनालाई छोडेर युलिया सँग हिंडे सलमान खान !

पछिल्लो समय फिल्म टाईगर जिंदा है ले एक अर्काबाट अलग भएका अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफलाई नजिक बनाएको थियो । तर यो पटकको क्रिसमसले उनिहरुलाई फेरी अलग बनाएको समाचार भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । त्यसो त सलमान र कट्रिना टाईगर जिंदा है को प्रचार प्रसारको लागी मात्रै पछिल्लो समय एक अर्का सँग नजिक भएको पनि बताईएको छ । हिंजो मात्रै सलमान खानको बहिनी अर्पीताले आयोजना गरेको क्रिसमस पार्टीमा सलमान खान कट्रिनालाई छोडेर युलिया सँग पुगेका थिए भने कट्रिना पनि उक्त पार्टीमा एक्लै पुगेकी थिईन् । त्यसै गरी उक्त पार्टीमा करन जोहार,तुसार कपुर,मलाईमा अरोरा खान लगायत बलिउडमा हस्तीहरुको उपस्थित भएका थिए ।


Powered by Blogger.