ब्वायफ्रेन्ड लगेर करिनाको घरमा करिस्मा पुगेपछि.....!

गत हप्ता करिना कपुर खानको घरमा एउटा पारिवारीक पार्टी भएको थियो । पछिल्लो समय पति सँग सम्बन्ध बिच्छेद गरेर नयाँ ब्वायफ्रेन्ड  संदिप तोशनिवाल सँग डेटिङ्गमा रहेकी करिनाकी दिदि करिस्मा कपुर ब्वायफ्रेन्ड सँग उक्त पार्टीमा सहभागी भएकी थिईन् । ब्वाफ्रेन्ड सँगै पार्टीमा पुगेपछि त्यहाँ उपस्थित भएका केही आफन्तहरु अचम्ममा परेका थिए । भारतीय संचार माध्यमहरुले उल्लेख गरे अनुसार यो भन्दा पहिले करिस्मा पारीवारीक जमघटमा ब्वायफ्रेन्डलाई लिएर गएकी थिईनन् । पहिलो पटक ब्वायफ्रेन्डको साथमा पार्टीमा पुगेको कारणले गर्दा आफन्तहरु अचम्ममा परेको बताईएको छ । समाचारमा उल्लेख गरीए अनुसार आफन्तहरुले करिस्मालाई बिवाह गर्न दबाद दिएको पनि उल्लेख गरीएको छ । उक्त पार्टीमा सैफअलि खानको जेठी श्रीमती तर्फको छोरी सारा खान र छोरा ईब्राहिम पनि उपस्थित भएका थिए ।


Powered by Blogger.