बाल ठाकरेको भुमिकामा नवाजुद्दिन, यस्तो छ उनको गेटअप !

केही दिन पहिले बलिउडमा हिन्दुहरुको सम्राट मानीएका शिब शेनाका प्रमुख दिवंगत बाल ठाकरेको जिवनमा आधारीत चलचित्र निर्माण हुने चर्चा चलेको थियो । उक्त चलचित्रमा ठाकरेको भुमिकामा अभिनेता नवाजुद्दिन शिद्धिकी देखीने भएका छन् भन्ने कुराले पनि बलिउडलाई निकै गर्मागर्मी बनाएको थियो । तर पछिल्लो समयमा शिद्धिकीलाई उक्त चलचित्रबाट हटाईएको समाचार सार्वजनीक भएका छन् । यो समाचार सँगै नवाजुद्दिनका केही तस्विरहरु पनि सार्वजनीक भएका छन् । यि तस्विरहरु हेर्दा नवाजलाई उक्त चलचित्रबाट निकालेको जस्तो लाग्दैन । नवाज तस्विरहरुमा हुबहु बाल ठाकरे जस्तै देखीएका छन् । यो चलचित्रमा नवाजलाई ठाकरेको भुमिकामा अभिनय गराउने कुरा शिब शेनाले मानेको थिएन । तर पछि आपसी छलफल गर्ने क्रममा शिव शेनाले पनि सहमति जनाएको कुरा भारतीय संचार माध्यहरुले प्रकाशीत गरेका छन् । शिव शेनाका संसद अजय राउतले लेखेको यस चलचित्रको निर्माता पनि राउत नै हुन् । केही समय पहिले मुम्बईमा अमिताभ बच्चन र बाल ठाकरेका छोरा उद्धब ठाकरेले यस चलचित्रको घोषणा गरेका थिए ।


Powered by Blogger.