ए सोल्टीनी को ट्रेलर रिलिज हेर्नुस (भिडियो सहित)

चलचित्र ए सोल्टीनीको ट्रेलर रिलिज भएको छ । आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र निर्माण पक्षले ट्रेलर रिलिज गरेको हो । जिम्बा फिल्म प्रोडक्सनको ब्यानरमा दिल कुमार घलान निर्माता रहेको यस चलचित्रको प्रर्दशन मिति भने तय गरीएको छैन् । कार्यक्रममा निर्माता घलानले बताए अनुसार ए सोल्टीनी पहिले बिदेशमा प्रर्दशन गरिने छ र त्यस पछि मात्रै नेपालको प्रर्दशन मिति तय गरिने छ ।
चलचित्रमा विश्वास भण्डारीको छायांकन र सम्पादन, राज गोलेको द्धन्द,सुनलाल वाईबा र बिनय केटुको संगित,अभि लामाको कोरीयोग्राफी रहेको छ भने सविन श्रेष्ठ,जयनन्द लामा,अर्जुन गुरुङ्ग,ज्ञान बहादुर जिम्बा,गंगा राना मगर,मन्जु श्रेष्ठ,अभि लामा, अनिता लामा लगायत कलाकारले अभिनय गरेका छन् ।


Powered by Blogger.