यस्तो छ शेरबहादुर सँग मेनुकाको हट आईटम डान्स !

मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र शेरबहादुरको एउटा गित सार्वजनीक गरीएको छ । कान्छी मट्याङ्ग ट्याङ्ग बोल रहेको यस आईटम गितमा मेनुका प्रधान र कर्माले नृत्य गरेका छन् । केही समय पहिले निकै चर्चामा रहेको चलचित्र पर्वको कालेदाई बोल रहेको गितका संगितकार कोशीस क्षेत्रीकै शब्द,संगित र स्वरमा बनेको यो गितमा पनि कता कता काले दाई कै फ्लेवर आएको छ ।
धिराज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र शेरबहादुरलाई आर.राजबंसीले निर्देशन गरेका छन्, भने लेखन प्रमोद क्षेत्रीको रहेको छ । चलचित्रमा गौरी संकर धुजु र धिराज राजबंसीको लगानी रहेको छ । एक अवकास प्राप्त आर्मीको कथामा आधारीत यस चलचित्रमा सुनील थापा,मेनुका प्रधान,कर्मा रविन्द्र झा लगायत कलाकारले अभिनय गरेका छन् ।



Powered by Blogger.