अन्ततः साम्राज्ञीको सरणमा आर्यन सिक्देल !

कुनै एक समय थियो अभिनेता आर्यन सिक्देल सँग स्कृनसेर गर्न नेपालका प्रायः सबै अभिनेत्रीहरु लालायीत हुने गर्दथे । उक्त समयमा आर्यन सिक्देल एक्ला स्टार थिए नेपाली सिने क्षेत्रका । उनको समय नपाएर धेरै निर्माता निर्देशकहरु निकै भौतारीरहेका हुन्थे । तर अहिले समय फेरीएको छ । आर्यन अभिनित फिल्महरुले पोस्टरको समेत पैसा उठाउन नसक्ने अवस्था श्रृजना हुन थालेपछि आर्यन अहिले अभिनेत्री साम्राज्ञीको सरणमा पुगेको चर्चा सिनेबजारमा चल्न थालेको छ ।
पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय बनेकी अभिनेत्री साम्राज्ञी शाहलाई आर्यनले आफु सँगै आफ्नो फिल्म खेलाउन लागेको चर्चा हुन थालेको छ । पछिल्लो समय रेखा थापा सँगको फिल्म रुद्रप्रिया बक्स अफिसमा असफल भएपछि आर्यन फिल्म क्षेत्रमा आफ्नो अस्थीत्व बचाउनको लागी साम्राज्ञी सँग काम गर्न लागेको बताईएको छ ।
कायरा नाम राखीएको यस फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गर्न लागेको बताईएको छ । कायरालाई आर्यन सिक्देल आफैले निर्माण गर्न लागेको समाचार प्रकाशीत भैरहेका छन् ।

Powered by Blogger.