अन्ततः सेन्सर भयो रोमियो ! के प्रर्दशन हुन पाउला त ?

आर्थिक लेनदेनको बिवादमा फसेको चलचित्र रोमियो को अन्ततः सेन्सर भएको छ । निर्माता तथा अभिनेता हसनराजा खानले अघिल्लो चलचित्र अलबिदा को हिसाब किताब मिलान नगरेको र उक्त हिसाब किताब मिलान नभए सम्म उनको नयाँ चलचित्र रोमियोको प्रर्दशन रोकिपाउँ भन्दै अलबिदा का बितरक रोहित कट्टेलले नेपाल चलचित्र संघमा निबेदन दिएका थिए । त्यसो त खानले चलचित्र रोमियोमा काम गरेका प्राविधिकहरुको पनि पारीश्रमीक दिएका छैनन् । प्राबिधिकहरुले दिएको उजुरीका आधारमा नेपाल चलचित्र प्राविधिक संघले कार्वाही प्रकृया अगाडी बढाएपछि खानले प्राविधिकहरुलाई दिनु पर्ने करिब साडे २ लाख रकमको चेक दिएका छन्, । बुझिए अनुसार अहिले सम्म उक्त चेक पनि साटीएको छैन । प्राबिधिक संघका एक पदाधिकारीले नेप्लीउडलाई बताए अनुसार आज सम्म पनि चेक साटीएन भने संघले अर्को कदम चाल्ने बताएका छन् । सेन्सर भै सकेपछि पनि यि र एस्तै कारणले रोमियो प्रर्दशन हुने हो अथवा रोकिने हो अझै अन्यौलमा रहेको छ । बुझिए अनुसार रोहित सँगको करिब ७ लाखको कुरा मिलाउन रोमियोको उपत्यका बाहीर बितरणको जिम्मा लिएको एफडि कम्पनीले हसन खान र रोहित कट्टेललाई एक ठाँउमा राखेर छलफल गरेको थियो । तर उक्त छलफल पछि उनिहरु के निस्र्कषमा पुगे भन्ने ठोस कुरा अहिले सम्म बाहिर आउन सकेको छैन् । यसै विषयमा रोमियोको काठमान्डौं बितरक सुनील मानन्धरलाई फोन गर्दा उनले फोन रिसिभ गरेनन् ।
भोली सुक्रबारबाट चलचित्र सकस,रोमियो,त्यान्द्रो र मेला एकै पटक प्रदर्शन हुँदै छन् । 

Powered by Blogger.