थप बिवादमा पद्मावती, आन्दोलनमा होमियो बलिउड !

पछिल्लो समय निकै बिवादमा रहेको चलचित्र पद्मावतीको पक्षमा भारत चलचित्र एण्ड निर्देशक संघ (आईएफटिडिए) ले चलचित्र क्षेत्र संघ प्रत्यक्ष सरोकार राख्ने अन्य २० संगठनहरु सँग मिलेर सर्मथन जनाउने भएको छ । यसै विषयमा संघका अध्यक्ष असोक पण्डीतले भारतीय संचार माध्यमहरुलाई बताए अनुसार चलचित्र पद्मावतीको प्रर्दशनलाई रोक्नु भनेको अभिवेक्ती स्वतन्त्रता माथी ठाडो हस्तक्षेप हो, संजय लिला भंसाली एक जिम्मेवार चलचित्रकर्मी भएको र उनले चलचित्र मार्फत कुनै पनि गलत काम नगर्ने बताएका छन् । पण्डीतले अगाडी भनेका छन्, आगामी रविबार १५ मिनेट मुम्बईका सम्पुर्ण चलचित्र सुटीङ्ग स्टुडीयो र टेलीभिजन स्टुडीयो बन्द गरीने छ । उक्त समयमा कुनै पनि कार्यक्रम तथा चलचित्रको सुटिङ्ग हुने छैन । यसै क्रममा २६ नोभेम्बरमा मुम्बईका सम्पुर्ण टेलीभिजन कर्मी तथा चलचित्रकर्मीहरु फिल्म सिटिको मुख्य गेटमा भेला भएर हामी स्वतन्त्र छौ नामको प्लेकार्ड लिएर दिउँसो ३ः३० बजे मौन आन्दोलन गर्ने पनि बताईएको छ ।
संघले अगाडी भनेको छ, पद्मावतीलाई निर्वाधरुपमा प्रर्दशन हुन नदिएमा बलिउड थप आन्दोलन गर्न बाध्य हुने छ । 

Powered by Blogger.