नरेन्द्र मोदीको कार्यक्रम दिपिका पादुकोणेद्धारा बहिस्कार !

पछिल्लो समय निकै बिवादमा फसेको चलचित्र पद्मावतीको को कारणले गर्दा अभिनेत्री दिपिका पादुकाणेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यक्रम बहिस्कार गरेको समाचार प्रकाशीत भएको छ । उक्त कार्यक्रममा अमेरीकी राष्ट्रपती डोनाल्ड ट्रम्पकी छोरी ईवांका पनि अतिथिको रुपमा उपस्थित हुँदै छिन् । नोभेम्बर २८ तारीखमा हुन गैरहेको यस कार्यक्रममा दिपिकाले उपस्थित हुन ईन्कार गरेको कुरा तेलंगना सरकारका एक उच्च अधिकारीले बताएको भारतीय संचार माध्यमहरुले बताएका छन् । दिपिकाले २९ तारीखमा आफ्नो अर्को कार्यक्रम भएको र उक्त कार्यक्रमको तयारी गर्नु परेकाले नरेन्द्र मोदीको कार्यक्रममा उपस्थित हुन नसक्ने बताएकी छिन् । समाचारमा जनाईएको अनुसार दिपिकाले बहाना मात्रै बनाएकी हुन् । दिपिकाले पद्मावतीलाई भारत सरकारले सहयोग नगरेको भन्ने आरोप अनौपचारीक रुपमा लगाएकी छिन् ।

Powered by Blogger.