निर शाहले राजा महेन्द्रलाई यो देशको खलनायक देखेपछि (भिडियो सहित)

अहिले देश चुनावी माहोलमा होमीयको छ । राजनितिज्ञलाई जसरीनै अहिले चलचित्र कर्मीहरुलाई पनि चुनाव लागेको छ । कलाकारहरु आ आफ्नो पार्टीको लागी भोट माग्नमै ब्यस्त देखीन्छन् आज भोली । प्रत्यक्षमा टिकट पाउनको लागी निकै संर्घष गरेका मै हुँ भन्ने चलचित्रकर्मीहरु पनि टिकट नपाएर थन्कीएको हामीले देख्न पाईरहेका छौं । अन्य समयमा कलाकारहरुलाई पुजा गछौं भन्न पछि नपर्ने राजनीतीज्ञहरु टिकट बितरणमा आएर कलाकारहरुलाई लोप्पा खुवाउन पछाडी परेका छैनन् । राजनितिज्ञहरुको लागी कलाकारहरु आफ्नो लोकप्रियता बढाउन प्रयोग गर्ने निकै राम्रो र सरल माध्यम बनेका छन् ।
बिगत केही वर्ष पहिले देशी नेपाली काँग्रेस पार्टी प्रवेश गरेर सक्रिय राजनिति गर्न अगाडी बढेका निर शाह पनि प्रत्यक्षको टिकटबाट बन्चीत भएका छन् । स्थानीय तहबाट नाम सिफारीस भएर जाँदा पनि केन्द्रले उनको नाम काटेको छ । पार्टीले शाहमाथी जे जस्तो दृश्ठीकोण राखेपनि शाह भने पार्टी प्रति निकै बफादार बनेर लागेका छन् । गत शनिबार नेपाली काँग्रेसका उमेद्वार प्रकाश शरण महतको चुनावी सभामा बोल्दै निर शाहले राजा महेन्द्रलाई यो देशको सबै भन्दा ठुलो खलनायक भएको बताएका छन् । ३ करोड नेपालीले पुजा गर्ने महेन्द्रलाई उनले कसरी खलनायक देखे त ? शाहको तर्क छ, नेपालमा कम्न्युटहरुलाई जन्माउने र हुर्काउने काम गरेकाले उनि यो देशको खलनायक हुन् ।



हेर्नुस शाहकै शब्दमा


Powered by Blogger.