आजबाट ४ चार चलचित्रको भिडन्त । कसले मार्ला बाजी ?

सुक्रबार रिलिज अन्र्तगत आजबाट सिनेमा हलमा एकै पटक चार वटा चलचित्रको भिडन्त भएको छ । अक्कल शिंहको प्रस्तुती सुन्दर श्रेष्ठको निर्माण,एन बि मर्हजनको निर्देशन र सुन्दर श्रेष्ठ,महिमा सिलवाल,विल्सन बिक्रम राई र सुष्मा कार्की आदि कलाकारले अभिनय गरेको सकस । बसन्त निरौला निर्देशीत, सलोन बस्नेत,आशिष्मा नर्कमी, आमेश भण्डारी अभिनित मेला, सम्तेन भुटीया निर्देशीत र दयाहाङ्ग राई अभिनित तान्द्रो अनि संकर कार्की निर्देशीत निशा अधिकारी र हसन राजा खान अभिनित रोमियो एक साथ भिडन्तमा उत्रीएका छन् । एक्सन हेर्न रुचाउने दर्शकको लागी सकस उत्कृष्ठ बन्ने दाबी गरीएको छ भने १० वर्षे जनयुद्धको कथा हेर्नको लागी तान्द्रो उपयुक्त हुने बताईएको छ, त्यसै गरी रोमान्टीक प्रेम कथा हेर्नको लागी रोमियो र मेला उपयुक्त हुने बताईएको छ ।
यि चार चलचित्रहरुमा कसले बाजी मार्छ भन्ने कुरा अहिले नै यसै भन्ने अवस्था छैन । त्यसो त आजबाट भिडन्तमा उत्रीएका ४ ओटै चलचित्रको ब्यावसायीक नतीजा खराब हुने मुल्यांकन गरीएको छ । कुनै पनि चलचित्रले प्रयाप्त मात्रामा हल नपाउने भएकाले खराब नतीजाको मुल्यांकन गरीएको हो ।

Powered by Blogger.