अस्पतालको लार्पवाहीले निधन भएको आशंका !

होचो कलाकारको रुपमा ख्याती कमाएका कलाकार दिपेन ठकुरी शाहको पशुपती आर्यघाटमा अन्तीम दाहसंस्कार गरीएको छ । २०५५ सालमा जन्मीएका शाहको १९ वर्षको उमेरमा निधन भएको हो । शाहको पार्थीव शरीरलाई अन्तीम श्रद्धान्जलीको लागी दिउँसो २ घण्टा कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा राख्ने भनीए पनि प्रतिष्ठानले ठाउँ उपलब्ध नगाराए पछि चावहिल स्थित चलचित्र बिकास बोर्डको प्रागंणमा राखीएको थियो ।
अस्पतालको लार्पवाहीले गर्दा कलाकार शाहको निधन भएको हुने सक्ने अनुमान कलाकार शेखर खनालले लगाएका छन् । श्रद्धान्जली सभामा बोल्दै खनालले भने, अस्पतालले उनको उमेर अनुसारको औषधी प्रयोग गरायो तर उनको शारीरीक बनावट हेरेन, उमेर अनुसार औषधी प्रयोग गर्दा उनको सानो शरीरले थेग्न सकेन र त्यसै कारणले निधन भएको हुन सक्छ ।
उक्त श्रद्धाञ्जली कार्यक्रमा कलाकारहरुको भने त्यती बाक्लो उपस्थिति थिएन ।  चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगडी,कलाकार चेतबहादुर शिंह,डिबि बम्जन,सानु ताम्राकार, निर्मल शर्मा, गोपाल ढकाल,दमन रुपाखेती,महादेब त्रिपाटी लगायत केही सिमितको मात्रै उपस्थिती रहेको थियो ।

Powered by Blogger.