ट्रेलर रिलिज गरेको एक साता नबित्दै (माई लभ) को गित रिलिज !

ट्रेलर रिलिज गरेको एक साता बित्न नपाउँदै चलचित्र माई लभ ले गित पनि रिलिज गरेको छ । २०७२ मा गएको बिनासकारी महाभुकम्पलाई मुख्य विषय बनाएर निर्माण गरीएको यस चलचित्रको सानु मायाँ बोल रहेको गित सार्वजनीक गरीएको छ । राम चन्द्र काफ्ले र मिना शिंहको स्वर रहेको यस गितको शब्द रमेश कोईरालाले लेखेका छन् भने दिप तुलाधरले संगित दिएका छन् । सार्वजनीक गरीएको गितको भिडियोमा गणेश लामा र सितल श्रेष्ठले नृत्य गरेका छन् ।
माई लभ मा गणेश र सितलका अलावा चैत्यदेवी शिंह, चाँदनी लामा,मञ्जु श्रेष्ठ,राजु भुजु, जापानी कलाकारहरु रिवन मित्सुतानी,युईची हायाता,काजुतोसी थासाका,शुतारो मत्सुदा,ताक मियामोतोले पनि अभिनय गरेका छन् । यस चलचित्रलाई जापानी निर्देशन डा.तोसीआकी ईतोहले निर्देशन गरेका छन् ।


Powered by Blogger.