नाजीर हुसेनले २ घण्टा कुराउँदा सुनील थापालाई तनाव !

हाम्रा कलाकारहरु आफुलाई निकै ठुलो स्टार देखाउन र आफुलाई निकै ब्यस्त देखाउन बोलाएको समयमा कहिले पनि सम्बन्धीत स्थानमा पुग्ने गरेका छैनन् । उनिहरुमा एउटा ठुलो भ्रम के छ भने यसो ग¥यो भने आफु ठुलो भईन्छ र ब्यस्त भएको देखीन्छ भन्ने ।  आज एउटा कार्यक्रममा यस्तै भयो । चलचित्र कागज पत्र को औपचारीक निर्माण घोषणा गर्ने कार्यक्रम दरबारमार्गको राईजीङ्ग मलमा राखीएको थियो । कार्यक्रममा प्रमुख अतिथि बनेका बरिष्ठ अभिनेता सुनील थापा बोलाएकै समयमा पुगेका थिए भने त्यस चलचित्रका कलाकारहरु नाजीर हुसेन, सरीता गिरि लगायत केही करिब २ घण्टा ढिला गरी उपस्थित भए । उनिहरुलाई कुरेर बसेका सुनील थापा निकै दिक्दार भएको देखीन्थे । कार्यक्रम सुरु भएपछि मन्तब्य दिने क्रममा सुनिलले ब्याँगे गर्दै, काठमान्डौको जाम त्यस माथी पनि अहिले चुनाव लागीरहेको समय भएकाले गर्दा कलाकारहरुलाई आफुले कुर्नु परेकोमा कुनै दुख नलागेको बताएपछि  सरिता गिरि र नाजीर हुसेनले औपचारीकता पुरा गर्नकै लागी भए पनि माफी मागेका थिए । त्यसो त यसरी बोलाएको समयमा कुनै पनि स्थानमा नपुग्ने नाजीर र सरिता मात्रै पहिलो पात्र होईनन् । नेपाली चलचित्र क्षेत्रका अधिंकांस कलाकारहरुको यस्तै बानी छ । उनिहरु आफुलाई स्टार देखाउनको लागी यसो गर्ने गरेको चर्चा चल्ने गर्दछ । समयको महत्व नबुझने यस्ता कलाकारहरुले के चलचित्रको महत्व बुझ्न सक्लान त ? समाजमा चलचित्रको महत्व र दर्शकले चलचित्रबाट के अपेक्षा गर्छन् भन्ने कुरा बुझ्न सक्ने सार्मथ्य राख्लान त ? अहिले सम्पुर्ण कलाकारहरुको लागी गम्भीर प्रश्न बनेको छ ।
अपिल बिष्टको लेखन तथा निर्देशन रहने चलचित्र कागज पत्रलाई खिलेन्द्र तिमल्सीना,मुकेश रेग्मी,प्रज्वलीत सिवाकोटीले निर्माण गर्दैछन् भने कार्यकारी निर्मातामा विशारद बस्नेत रहेका छन् । चलचित्रमा नजीर र सरिताका अलावा भोलाराज सापकोटा,शिल्पा मास्के,अरजेस रेग्मी लगायत कलाकारले अभिनय गर्दै छन् । अष्ठ मर्हजनका द्धन्द,निमेश श्रेष्ठको सम्पादन रहने यस चलचित्रमा अष्ट्रेलीयन छायांकार कासीमीर डिक्सोनको छायांकन रहने छ ।

Powered by Blogger.