आजबाट सिनेमा हलमा फाटेको जुत्ता !

सुक्रबार प्रर्दशन अन्र्तगत आजबाट देशभरका सिनेमा हलहरुमा चलचित्र फाटेको जुत्ताले प्रर्दशन आरम्भ गरेको छ । पछिल्लो समय चर्चामा रहेको यस चलचित्रले दर्शकको साथ पाउँछ कि पाउँदैन त्यो भने भोली शनिबार नै प्रश्ट हुने छ । सौगात मल्ल,प्रियंका कार्की,कामेश्वर चौरसीया, अनोज पाण्डे लगायत कलाकारले अभिनय गरेको यस चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका छन् भने अर्जुन कुमार यस चलचित्रका निर्माता हुन् । आज प्रर्दशनको पहिलो दिन निर्माण पक्षले संचारकर्मीहरुलाई चलचित्र पनि देखाएको छ ।

Powered by Blogger.