‘राज्जा रानी’ अब पुष २१ मा आउने !

नाजिर हुसेन र केकी अधिकारीले मुख्य भुमिकामा अभिनय गरेको चलचित्र राज्जा रानी अब पुष २१ गतेबाट प्रर्दशन हुने भएको छ । चलचित्रको निर्माण पक्ष र बितरक बिचको छलफल पछि यो चलचित्रलाई पुर्व घोषीत मितिबाट एक हप्ता पछाडी सारेर २१ म लगीएको बताईएको छ । अहिले सम्म यो मितिमा अर्को कुनै पनि चलचित्रले प्रर्दशन मिति घोषणा गरेको छैन । यस हिसाबमा हेर्दा यो चलचित्र एकल प्रर्दशनको तयारीमा जुटेको देखीन्छ ।
आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन यम थापाले गरेका छन् । यसै क्रममा आज यस चलचित्रले एउटा गित पनि सार्वजनीक गरेको छ । दीपक शर्माको संगीत रहेको ‘चिपक चिपक’ बोलको गीतमा केकी अधिकारी र नाजिर हुसेनलाई प्रस्तुत गरीएको छ । नरहरि प्रेमी र सुमिना लोको स्वर रहेको यो रोमान्टीक शैलीको गितको लेखन राजेन्द्र थापाले गरेका छन् । रमेश एमके पौडेलले निर्माण गरेको चलचित्र राज्जा रानीको कुल बजेट १ करोड २५ लाख रहेको बताइएको छ ।


Powered by Blogger.