कभर भिडियो प्रतिस्पर्धा गराउँदै मिस्टर झोलेको प्रचार प्रसार सुरु !

पछिल्लो समय चलचित्रहरुको प्रचार प्रसारको लागी नयाँ नयाँ तरीका अपनाउन थालीएको छ । कतिले पुरानै फर्मुला अनुसार प्रचार प्रसार गर्ने गर्दछन् भने कतिले केही फरक शैली अपनाउँछन् । यसै क्रममा पुष २८ गतेलाई प्रर्दशन मिति तोकेको चलचित्र मिस्टर झोले ले पनि अब प्रचार प्रसारलाई तिब्र गतिमा अगाडी बढाउन थालेको छ । केही समय पहिले सार्वजनीक गरीएको यसै चलचित्रको ओखती बोल रहेको गितको डान्स र ड्रामा दुबै बिधामा प्रतिस्पर्धा गराउने भएको छ । चलचित्र मिस्टर झो निर्माण कम्पनीले आजै देखी प्रतिस्पर्धीहरुको लागी ढोका खुल्ला गरीएको बताएको छ भने  पुष २३ गते बिजेता घोषण गरीने पनि कम्पनीले जनाएको छ । प्रतिस्पर्धाको लागी सहभागीहरुले info@highlightsnepal.com  ईमेल गरेर सम्पर्क गर्नु पर्ने छ ।
यस प्रतिस्पर्धात्मक कार्यक्रमबाट प्रथम हुनेले नगद रु. एक लाख पच्पन्न हजार,दोश्रो हुनेले एक लाख पच्चीस हजार र तेश्रो हुनेले एक लाख पाँच हजार पुरस्कार प्राप्त गर्ने छन् ।
टेकेन खड्का निर्माता रहेको यस चलचित्रलाई सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको ब्यानरमा निर्माण गरीएको छ । चलचित्रको लेखन तथा निर्देशन रामबाबु गुरुङ्गले गरेका छन् भने दयाहाङ्ग राई,वर्षा राउत,दिया पुन,बुद्धि तामाङ्ग लगायत कलाकारहरुले अभिनय गरेका छन् ।


Powered by Blogger.