केकीको कोहलपुर एक्सप्रेस बैशाख १४ बाट गुड्ने !

अभिनेत्रीबाट निर्मात्री बनेकी केकी अधिकारीले निर्माण गरीरहेको चलचित्र कोहलपुर एक्सप्रेस २०७५ को बैशाख १४ गतेबाट प्रर्दशन हुने भएको छ । यो कुरा निर्मात्री तथा अभिनेत्री अधिकारीले सामाजीक संजाल फेसबुक मार्फत जानकारी गराएकी हुन् । यस चलचित्रमा अधिकारी सँगै प्रियंका कार्की,रिचा शर्मा,बिनोद न्यौपाने,रविन्द्र झा,बुद्धि तामाङ्ग लगायत बलाकारले अभिनय गरीरहेका छन् ।
विशाल भण्डारीको निर्देशन रहेको यस चलचित्रमा अधिकारी सँगै भद्रबहादुर शाही,देबी न्यौपाने र शिव प्रसाद चौलागाँईको लगानी रहेको छ । सान बस्नेतको लेखन रहेको कोहलपुर एक्प्रेसमा अर्जुन तिवारीको छायांकन, गम्भिर विष्टको कोरीयोग्राफी र लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।

Powered by Blogger.