विधायकले नै दिए (पद्यमावती) रिलिज गर्ने हलमा आगो लगाईदिने धम्की !

पछिल्लो समय बलिउडको प्रतिक्षीत चलचित्र पद्यमावतीको प्रर्दशन पुर्व नै बिरोध हुन थालेको छ । त्यसो त यस चलचित्रको छायांकनको समयमा पनि निकै बिरोध भएको थियो र छायांकनको लागी बनाएको सेटमा आगजनी र तोडफोड समेत भएको थियो । पद्यमावतीको विरोध गर्दै अहिले भारतका केन्द्रीय नेताहरुनै मैदानमा उत्रीयका छन् । भारतीय संचार माध्यमहरुले उल्लेख गरे अनुसार भारतका केन्द्रीय मन्त्री उमा भारती नेता गिरिराज शिंह, तेलंगनाका बिधायक टि राजा शिंह, संसद चिन्तामणी मालवीय लगायतका नेताहरु पद्यमावतीको विरुद्धमा उत्रीएका हुन् ।
पद्यमावतीको बिरोध गर्दै चिन्तामणीले आफ्नो फेसबुकमा लेखेका छन्, संजय लिला भंसालीलाई ईतिहास के हो र ईतिहासको कसरी ईज्जत र सम्मान गर्नु पर्छ भन्ने मतलब छैन, उनलाई कसरी पैसा कमाउनु पर्छ भन्ने मात्रै मतलब छ, त्यस कारण पद्यमावती फिल्मलाई बहिस्कार गरौं ।
त्यसै गरी भाजपाका बिधायक टि राजा शिंहले पनि यदि तेलंगनामा पद्यमावती फिल्म रिलिज भयो भने ति फिल्महलहरुमा आगो लगाउने धम्की दिएका छन् । शिंहले पनि यो कुरा आफ्नो फेसबुक मार्फत उल्लेख गरेका हुन् । अर्काको धर्म संस्कृती माथी फिल्म बनाएर, बदनाम गर्ने अधिकार संजय लिला भंसालीलाई नभएको बताउँदै अर्का नेता तथा मंन्त्री गिरिराज शिंह पनि बिरोधमा उत्रीएका छन् । यसरी केही केन्त्रीय नेता तथा मन्त्रीहरुनै पद्यमावतीको बिरुद्धमा उत्रिएपछि के अब पद्यमावती सहजरुपमा प्रर्दशन होला त ? पद्यमाती हेर्न प्रतिक्षारत सबै दर्शकहरुको लागी यो कुरा निकै तनावको विषय बनेको छ ।

Powered by Blogger.