हेर्नुस यस्तो बनेको छ हेप्पी न्यु ईयर को ट्रेलर (भिडियो सहित)

अंग्रेजी नयाँ वर्ष २०१८ लाई मध्य नजर गरेर डिसेम्बर २९ पुष १४ गते प्रर्दशन हुन लागेको चलचित्र हेप्पी न्यु ईयर ले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी गितको अडियो सिडि र ट्रेलर रिलिज गरेको छ । अधिकांस दृश्य अष्ट्रेलीयामा छायांकन गरीएको यस चलचित्रको निर्देशन देबकुमार श्रेष्ठले गरेका छन् भने कुसल थापा,करण श्रेष्ठ,पुकार गौतम, सन्धया केसी,पदम शाक्य लगायत कलाकारले अभिनय गरेका छन् ।
यस चलचित्रलाई अष्ट्रेलीयन छायांकार बेन्जामीन ड्रे खिचेका छन् भने बिनोद ढकाल,किरण माईकलको संगित र कुसल थापाको कथा रहेको छ । चलचित्रलाई अभिनेता कुसल थापाको श्रीमती रती थापाले निर्माण गरेकी हुन् ।

Powered by Blogger.