लण्डनमा ह्याप्पी डेज को ग्राण्ड प्रिमिएर सम्पन्न !

चलचित्र ह्याप्पी डेजको लण्डनको प्रिन्सेस हल अल्डरशटमा ग्राण्ड प्रिमिएर सम्पन्न भएको छ । मिलन चाम्स द्धारा निर्देशीत यस चलचित्रको प्रिमियरमा नेपालबाट गएका अभिनेता प्रदिप खड्का,अभिनेत्रीहरु प्रियंका कार्की,दिया पुन लगायतको उपस्थिती रहेको थिए । प्रदिप र प्रियंका चलचित्र लिलिबिलि को छायांकनको लागी लण्डन पुगेका थिए र यसै क्रममा उनिहरु पनि यस चलचित्रको प्रिमिएरमा सहभागी भएका हुन् । उक्त प्रिमिएर शो मा नेपाली तथा बिदेशी गरी करिब ५०० भन्दा धेरै दर्शकको उपस्थिति रहेको बताईएको छ । चलचित्र हेरेका अधिकांस दर्शकहरुले सकारात्मक प्रतिकृया दिएको बताईएको छ ।
वि पि खनाल, भवानी शर्मा,हरि जोशी र मिलन चाम्स निर्माता रहेको यस चलचित्रलाई लण्डन सिनेआई र चाम्स ईन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण गरीएको छ । चलचित्रमा दयाहाङ्ग राई,प्रियंका कार्की,संजय गुप्ता,विकि जोशी लगायत कलाकारको अभिनय रहेको छ ।


Powered by Blogger.