पुर्व उपराष्ट्रपती परमानन्द झा द्धारा धार्मीक पुस्तक बिमोचन !

सोमबार राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरी प्यासिफिक पब्लिकेसनले (धर्मग्रन्थका कथा) र (भागवत गितामा के छ) नामक दुई पुस्तक सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा विषेश अतिथीको रुपमा उपस्थित भएका पुर्व उपराष्ट्रपती परमानन्द झा र नेपालका लागि ब्राजिलका राजदुत मारिया टेरेसाले पुस्तक सार्वजनीक गरेका हुन् । पुस्तक बिमोचन तथा श्रष्टा सम्मान उक्त कार्यक्रममा राजदुत मारिया टेरेसा, समाजसेवी, शिक्षासेवी उपेन्द्र राज शास्त्री कडेल, समाजसेवी तथा नगरबिकास कोषका अध्यक्ष धु्रब रिजाल, गीतकार बुद्धबिर लामा लगायतकालाई पुर्व उपराष्ट्रपती परमानन्द झा को हातबाट सम्मान गरिएको थियो ।
कार्यक्रमा बोल्दै झाले प्यासिफिक पब्लिकेसनले धार्मीक पुस्तक प्रकाशन गरेर अहिलेका नयाँ पुस्तालाई पनि धर्मको महत्वको विषयमा जानकारी गराएको र यस्ता पुस्तकहरु सबैले पढ्नु पर्ने समेत बताए । राजदुत मारिया टेरेसाले पनि यो सम्मानले नेपाल प्रति आफ्नो जिम्बेवारी बढेको बताइन् ।
सार्वजनिक गरीएका पुस्तकहरु धर्मग्रन्थका कथा सुमित्रा सिंहले लेखेकी हुन्, भने भागवत गितामा के छ ओमप्रकास खरेलले लेखेका हुन् । 
उक्त पुस्तक सार्वजनीक तथा श्रष्टा सम्मान कार्यक्रमको सभापतीत्व प्यासिफिक पब्लिकेसनका संरक्षक तथा बरिष्ठ पत्रकार लोचन थपलियाले गरेका थिए ।

Powered by Blogger.