३० मिनेटमा १२ करोड कसरी कमाउँछीन प्रियंका चोपडा !

बलिउडबाट हलिउड सम्मको यात्रा गरीसकेकी अभिनेत्री प्रियंका चोपडाको स्टारडम दिन प्रति दिन बड्दै गैरहेको छ । प्रियंका अहिले बलिउडमा भन्दा हलिउडमा धेरै चर्चामा छिन् । हलिउडमा उनको चर्चा जसरी बढिरहेको छ त्यसरीनै उनको कमाई पनि बढिरहेको बताउँछन्, भारतीय संचार माध्यमहरु । प्रियंकाले अहिले ३० मिनेटमा १२ करोड सम्म कमाउन थालेकी छिन् । पछिल्लो समय हलिउडमा हुन गैरहेको एक अर्वाड कार्यक्रममा उनलाई ३० मिनेटको १२ करोड दिने सम्झौता भएको भारतीय संचार माध्यमहरुले लेखेका छन् । समाचारमा अगाडी लेखीएको छ, उक्त अर्वाड कार्यक्रममा प्रियंकाले ३० मिनेट स्टेजमा डान्स गरे बाफत उक्त रकम दिईने भएको हो । ३० मिनेटको अवधीमा प्रियंकाले अंग्रेजी र हिन्दी दुबै गितमा डान्स गर्ने छिन् ।

Powered by Blogger.