७ वर्ष पछि करिस्मालाई दोश्रो बिहे गर्ने बाटो खुल्यो !

बलिउड अभिनेत्री करिस्मा कपुरलाई पति सँग अलग भएको ७ वर्ष पछि दोश्रो बिहे गर्ने बाटो खुलेको समाचार भारतीय संचार माध्यमहरुले प्रकाशीत गरेका छन् । पति सँग सम्बन्ध तोडेपछि करिस्मा ब्वायफ्रेन्ड संदीप तोशनीवाल सँग सम्बन्धमा रहेकी थिईन् । तर कुरा के छ भने करिष्माको ब्वायफ्रेन्ड संदीप तोशनीवाल र उनको पत्नी आश्रीता बिच भएको सम्बन्ध विक्षेदको मुद्धा अहिले बल्ल टुंगोमा पुगेको छ । मुद्धा परेको ७ वर्ष पछि यि दुईले आपसी सहमती गरेर अलग हुने निर्णय लिएपछि करिस्मालाई दोश्रो बिहे गर्ने बाटो खुलेको बताईएको छ । संदीपले २०१० मा श्रीमती सँग सम्बन्ध बिक्षेदको मुद्धा दर्ता गराएका थिए । संदीपले दुई छोरीलाई ३,३ करोड र श्रीमतीलाई २ करोड दिएपछि मुद्धा टुंगोमा पुगेको हो ।

Powered by Blogger.